Logo
Logo

भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा


2.1k
Shares

भोजपुर । जिल्लाको भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । जेठ १६ गते एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

जिल्लाभरीका ९ वटा स्थानीय तहमध्ये भाजपुर नगरपालिका छैटौं पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको हो । यसअघि जिल्लाका अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, षडानन्द नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन । अब जिल्लाका टेम्केमैयुङ, आमचोक र हतुवागढी गाउँपालिका घोषणा हुन बाँकी रहेका छन् ।

नगरपालिकाभित्रका सम्पूर्ण वडाहरु पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रिया पुरा गरी भोजपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम ढुङ्गेलले बताए ।

साथै भविष्यमा जन्मिने सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउने प्रतिवद्धता समेत भएको छ । उक्त कार्यक्रममा नगरपालिका भरीका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारी, जिल्ला अस्पताल भोजपुरका प्रमुख शिवजी रिजालले स्वास्थ्य क्षेत्रमा भएको सुधारमध्ये यो पनि एक उपलब्धी भएको बताए ।

साथै उनीहरुले प्रभावकारी स्वास्थ्य सेवा गाउँगाउँमा पुर्याउन सम्बन्धित क्षेत्रबाट लागि पर्न आवश्यक रहेको समेत बताए । यता, वडाध्यक्ष गिरेन्द्र खड्का र फविन्द्र प्रधानले खोपको सुनिश्चिततासगैँ अन्य स्वास्थ्य सेवा, औषधिको पर्याप्तता हुनुपर्नेमा जोड दिए । पूर्ण खोप सुनिश्चितताका लागी स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरुको सक्रियता उल्लेखनीय रहेको बताउदै यसरीनै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको सुधारका लागी लागी पर्न उनीहरूले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्