Logo
Logo

टि २० क्रिकेट : नेपाल आज पुन मलेसियासँग भिड्दै


1k
Shares

काठमाडौं । मलेसियामा जारी महिला टि–२० आई खेलमा नेपालले आज पुनः घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज घरेलु टोली पुनः मलेसियासँग खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुँदैछ ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ ।

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्