
काठमाडौं । मलेसियामा जारी महिला टी २० क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो ।
जितसँगै नेपालले पाँच खेलको शृंखलामा २-१ को अग्रता पनि हासिल गरेको छ । पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसियामा छ । तेस्रो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएका मलेसियाले भने निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।














