Logo
Logo

लमजुङ कारागारबाट एक कैदी र एक थुनुवा फरार


1.5k
Shares

काठमाडौं । लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा फरार भएका छन् । बुधबार राति साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना फरार भएका हुन् ।

जबर्जस्ती करणी मुद्दामा जसाय काटिरहेका गोरखाका २७ वर्षीय विनोद विक र ठगी मुद्दामा ०८० वैशाख ३१ गते मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका गोरखाकै हाल पोखरा बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ फरार भएको प्रहरीले जनाएको छ ।

विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवाना सुनाएको थियो । फरार २ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार रातको समयमा पर्खाल चढेर हाम फाल्दै भागेको सीसीटीभीमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्