Logo
Logo

प्रचण्ड र मोदीद्धारा नेपालगञ्ज सुख्खा बन्दरगाहको संयुक्त उद्घाटन



काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रचण्ड र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्दै भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधार सुख्खा बन्दरगाहको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरे पछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यलय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्