Logo
Logo

भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विजुली किन्ने



काठमाडौं । भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट वार्षिक १० हजार मेघावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।

चनर दिने ओपचाररिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच आज भएको भेटवार्ता र दुई देशबीचको संयुक्त बैठक पछि आयोजित पत्रकार सम्मेलनमा मोदीले वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाह र वथनाहा-विराटनगर रेलवे सेवाको संयुक्त उद्घाटन गरेका छन् । साथै आज दुई देशबीच ७ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्