Logo
Logo

हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भारत भ्रमणको दोस्रो दिन हैदराबाद हाउस पुगेका छन् ।

हैदराबाद हाउस पुगेर प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, लङटर्म पावर ट्रेड एग्रिमेन्ट, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, लगायतका समझदारीमा हस्ताक्षर भएको दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिइएका हुन् ।

बिहान महात्मा गान्धिको समाधिस्तरमा पुष्पगुच्छा अर्पण गरेर प्रधानमन्त्री हैदराबाद हाउस पुगेका थिए । उनलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्