Logo
Logo

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर



नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा बिहीबार प्रधानमन्त्री कार्यलयमा पुगेर पुस्तिका मा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गरेको कलम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार प्रदान गरेका थिए । राष्ट्र प्रमुख एवं विशिष्ट व्यक्ति औपचारिक भारत भ्रमणमा आउँदा पुस्तिकामा हस्ताक्षर गराइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्