Logo
Logo

आफ्नो भूमि हुँदै नेपालको विद्यत् बंगलादेश लैजान भारत सकारात्मक


693
Shares

काठमाडौं । भारतको भूमि हुँदै नेपालको विद्युत् बंगलादेश लैजान भारत सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधामन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकामा म प्रशंसा गर्दछु ।’

नेपालबाट बंगलादेशमा ५० मेगावाट बिजुली लैजाने सम्झौता भएको प्रधानमन्त्री प्रचण्डले स्मरण गराउँदै भने, ‘यससम्बन्धी छिट्टै त्रिदेशीय सम्झौता हुनेछ ।’ नेपालबाट हाल भारतले ४५२ मेगावाट बिजुली लिइरहेकोमा प्रधानमन्त्री प्रचण्डले माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित १२ सय मेगावाट विद्युत् भारतले खरिद गर्नेगरी स्वीकृति दिन आग्रह गरेको बताउँदै यसमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको बताए ।

सोही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको निर्माणका लागि सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्