Logo
Logo

नेपालीलाई भुटानी बनाएर विदेश पठाउनु महाअपराध हो : मन्त्री भुसाल


567
Shares

इटहरी । कृषि तथा पशुपन्छी बिकासमन्त्री डा. बेदुराम भुसालले नेपालीलाई बेच्ने धन्दा गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताएका छन् । बिहीबार इटहरीमा भ्रष्टाचारविरुद्धको रिले अनसनमा बसेका अनसनकारीलाई सम्बोधन गर्दै मन्त्री भुसालले नक्कली भुटानी शरणार्थी मुद्धामा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने काम अपराध हो । यो मुद्धामा जोडिएका सबै कानुनी कारबाहीको भागिदार हुनुपर्छ’ मन्त्री भुसालले भने, ‘नेपालीलाई भुटानी बनाएर बेच्ने बिदेश पठाउने काम महाअपराध हो ।’

नेकपा एकीकृत समाजवादी कोशी प्रदेशको मोर्चा संगठनले गत ९ गतेदेखि इटहरीमा नेपालीलाई भुटानी बनाएर बिदेश पठाउनेलाई कानुनी कारबाहीको माग गर्दै रिले अनशन थालेको थियो । बिहीबार मन्त्री भुसालले रिले अनसनकारीलाई सम्बोधन गरेसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्