Logo
Logo

मध्य प्रदेशमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत (फोटोफिचर)


1.3k
Shares

मध्य प्रदेश (भारत) । चारदिने औपचारिक भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेश पुगे । मध्य प्रदेशको इन्दौर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए ।

मध्य प्रदेशको ‘स्मार्ट सिटी’का रुपमा रहेको इन्दौरमा प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन प्लान्टको अवलोकन गर्नेछन् । त्यसअघि प्रधानमन्त्री प्रचण्डले उज्नैनस्थित महाकालेश्वर मन्दिर दर्शन गरेका छन् । मध्य प्रदेशमा प्रधानमन्त्री प्रचण्डको स्वागत र सम्मानमा दुई देशका झण्डा लिएर सडकमा सर्वसाधारण सडकमा उपस्थित थिए । प्रधानमन्त्रीको स्वागतमा सडकमा विभिन्न झाँकीसहित नृत्य प्रस्तुत गरिएको थियो ।

इन्दौरमा प्रधानमन्त्री प्रचण्ड होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड भोलि शनिबार नयाँदिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ । तस्बिर/प्रदिपराज वन्त

प्रतिक्रिया दिनुहोस्