काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको रहेको बताएका छन् । पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, राष्ट्रियतामाथि आघात पुर्याउने काम कसैले गरेको खण्डमा आफूहरू टुलुटुलु हेरेर नबस्ने उनले बताए । ‘हाम्रो पार्टी राष्ट्रियताप्रति प्रतिबद्ध भएको पार्टी भएको हुनाले हाम्रो राष्ट्रिय हितमाथि कुनै किसिमले आघात पुर्याउने काम हुन्छ भने, त्यसको स्वाभिमानमा आँच पुर्याउने कुनै काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ सह–संयोजक नेपालले भने ।
यही सन्देश बोकेर जनतामा जान लागेको उनको थप प्रष्टोक्ति थियो । ‘यो सन्देश दिनका लागि पनि जनतामा चेतना जगाउनका लागि पनि र जनतामा जागरण पैदा गर्नका लागि पनि राष्ट्रियताको इस्यूलाई सबैभन्दा उच्च महत्त्व दिएर यो अभियान सञ्चालन गर्न गइरहेको छ,’ उनले भने ।
काम गर्दा कहिलेकाहीँ कमीकमजोरी हुनसक्ने बताउँदै अहिले नै आत्तिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।















