Logo
Logo

प्रधानमन्त्री प्रचण्डले आज प्रबिधि सबन्धी कार्यालयको अवलोकन गर्ने



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चौथो दिन पनि विभिन्न औपचारिक कार्यक्रममा ब्यस्त रहने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज बिहान १२ बजेसम्म ब्यस्त रहने भएका हुन् ।

नयाँदिल्लीबाट हिजो महराष्ट्र पुगेका प्रधानमन्त्री दाहालले आज बिहान सुचना प्रबिधि सबन्धी कार्यालयको अवलोकन भ्रमण गर्नेछन । जसअनुसार महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सुचना प्रबिधि सम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन भने त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुनेछन ।

प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन । त्यसपछि आजै साँझ ४ बजे नेपाल एअरलाइन्सको विमानबाट स्वदेश आउने छन् ।

प्रतिक्रिया दिनुहोस्