काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल)को अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् ।
गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन् ।
सन्दीपलाई गत वर्ष भदौमा एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनी गत फागुनमा मात्रै नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका थिए । मंगलबार राती भने ग्लोबल टि२० क्यानडामा सन्दीपलाई सर्रे जगुआरले किनेको थियो ।











