
काठमाडौं । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे छलफल सुरु भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीबारे समितिले आज छलफल थालेको हो । अहिले छलफल भइरहेको छ ।
लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।
संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनी विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।











