
काठमाडौं । वर्षका कारण एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल प्रभावित भएको छ ।
हङकङको टिन कोङ रिक्रियसन ग्राउण्डमा बिहान पौने ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण अवरुद्ध बनेको हो। बिहीबार भारतसँगको खेल पनि वर्षाका कारण अवरुद्ध भएपछि अंक बाँडेको नेपाल सेमिफाइनलका लागि आजको खेल जित्नुपर्ने दबाबमा छ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान एसँग पराजित भएको थियो । आजको खेल वर्षाले रद्द भएमा नेपालको सेमिफाइनल सम्भावना समाप्त हुनेछ।
एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोली पहिलोपटक सहभागी भएको हो। थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा अवसर पाएको थियो।











