Logo
Logo

राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत


819
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेका उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना श्रेष्ठ, अशोककुमार चौधरी र अमृतलाल राजवंशीले बोलेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले अहिलेसम्म सीमाभित्रै रहेर ऋण लिइएको र ऋणको बोझ घटाउन सरकारले प्रयत्न गरिरहेको बताए ।

उनले ऋण कति लिनेभन्दा पनि ऋणको कसरी प्रयोग गर्ने भन्ने विषयलाई सरकारले गम्भीरताका साथ लिएको पनि बताए ।

अर्थमन्त्री डा महतले दातृ निकाय बहुपक्षीय र त्रिपक्षीय ऋण कुन क्षेत्रमा कसरी प्रयोग हुन्छ भन्नेबारे यथेष्ट गृहकार्य गरेर मात्रै ऋण लिने सरकारको नीति रहेको स्मरण गराए ।

सहुलियतपूर्ण ब्याज सकेसम्म एक प्रतिशतभन्दा तलको ऋणलाई प्राथमिकता दिने गरेको उनले बताए ।

उनले भने, ‘सीमाभित्रै रहेर ऋण लिएका छौँ, ऋणले कति जनसङ्ख्यालाई फाइदा पुग्नसक्छ सोही नीतिअनुरूप ऋण लिने गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्