
काठमाडौं। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
मलेसियामा जारी उक्त प्रतियोगिताको हिजो (सोमबार) भएको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउदै फाइनलमा प्रवेश गरेको नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज बिहान ७ः१५ बजेबाट सुरु हुनेछ । नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उदेश्यसहित मैदानमा उत्रन लागेको हो ।
यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन् ।










