Logo
Logo

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


6.8k
Shares

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको फाईनलमा मलेसियाविरुद्व नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोलीले बलिङ गर्नेछ ।

नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि उचाल्ने योजनामा छ । सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाईनलमा स्थान पक्का गरेको थियो ।

उता मलेसियाले भने हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्