Logo
Logo

नेपालद्वारा मलेसियालाई २५३ रनको लक्ष्य


1.1k
Shares

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसपटक नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्