Logo
Logo

मिटरब्याज पीडितहरुले भने- सरकारप्रति विश्वास छ, खोजी-खोजी कारबाही हुनेछ


1.4k
Shares

काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुलाई न्याय दिलाउने विश्वास रहेको बताएका छन् । मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका उनीहरुले आफूहरुलाई यो सरकारले न्याय दिलाएर छाड्ने बताए ।

मिटरब्याज पीडितहरुलाई सम्बोधन गरेर गृहमन्त्री श्रेष्ठ फर्किएपछि उनीहरुलाई सञ्चारकर्मीहरुले प्रश्न सोधेका थिए । त्यस क्रममा उनीहरुले आफूहरुलाई गृहमन्त्रीप्रति विश्वास रहेको बताएका हुन् । ‘नेपालमा वहाँ जस्तो गृहमन्त्री आएको छ । अब केही हुन्छ’, एक मिटरब्याज पीडितले भने, ‘मधेसमा मिटरब्याज पीडितको समस्या ठूलो छ । हामीलाई विश्वास छ गृहमन्त्री ज्यूले यो समस्या समाधान गर्नु हुन्छ । मिटरब्याजीलाई खोजी-खोजी कारबाही गर्नुहुन्छ ।’

त्यस्तै, उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेसमा आएर मिटरब्याज पीडितहरुको समस्या छ कि छैन भनेर हेर्न चुनौती दिएका छन् । ‘केपी ओलीले भन्नु भए छ कि- मधेसमा मिटरब्याजको समस्या नै छैन । यो ठूलो पुँजीवादहरुलाई बदनाम गर्न खोजिएको छ,’ एक पीडितले भने, ‘वहाँहरुलाई भन्न चाहन्छु, हामी भोका नाङ्गाहरुलाई आएर हेर्नुस् हामी पीडित हो कि होईन । केपी जी मधेसमा आएर हेर्नुस् । हावाको तालमा बोलेर हुँदैन ।’

त्यस्तै, उनीहरुले मिटरब्याज पीडितहरुलाई न्याय दिलाउने नाममा केहि दलालहरु सक्रिय रहेको भन्दै तीनीहरुलाई खोजी–खोजी पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे । ‘जिल्ला प्रशासनमा जानुस्, १ जना पीडित हुन्छ, १० जना एजेन्टहरु हुन्छन् । ती अजेन्टहरु सेटिङमा काम गर्छन् । तीनीहरुलाई कारबाही गर्नुपर्यो’, एक पीडितले भने, ‘हामीलाई त मिटरब्याजीले लुटे–लुटे अहिले विचौलियाहरुले पनि लुटिरहेका छन् । त्यो विचौलियाहरुलाई जिल्ला प्रशासनमा छिर्न नदिए हुँदैन । तर, सिडिओहरुले मान्दैन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्