काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन बनाएरै छाड्ने बताएका छन् ।

मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले प्राविधिक कारणले अध्यादेश रोकिएको भए पनि सरकार मिटर ब्याज पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताए ।










