
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन स्वदेश फर्किएका छन् । श्रीलङ्का हुँदै नेपाल आएका उनीसहितको प्रतिनिधिमण्डल टोली तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किएको हो ।
माओवादी केन्द्रको निमन्त्रणमा उनीहरु आइतबार नेपाल आएका थिए । सो क्रममा उनीहरुले उच्चस्तरीय भेटवार्ता गरेका थिए । चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेटेर स्वदेश फर्किएको हो ।
प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति सी जीनपिङ नेपाल भ्रमणमा आउँदा भएका समझदारीका विषयमा विशेष चासो राखेको बुझिएको छ ।














