Logo
Logo

कांग्रेसको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ : चन्द्र भण्डारी


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रहरुले लिनुपर्ने बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा अयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठी’मा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताए ।

भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए ।

उनले भने, ‘पार्टी सभापति शेरबहादुरजी ८० वर्ष पुग्न थाल्नुभएको छ । जोस–जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ, अब उहाँहरूले नेतृत्व लिनुपर्‍यो । तपाईँहरू अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेन्डा तयार गर्नुस् । तबमात्रै कांग्रेस बन्छ । एक्लै कहीँ पुग्न सकिदैँन ।’

भण्डारीले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न पनि आग्रह गरे । उनले केन्द्रीय समितिमा संस्थापन इतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरूको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्