
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर नगर समिति गठन भएको छ । रास्वपाले आज नगर समिति गठन तथा घोषणा सभा कार्यक्रम आयोजना गरी राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँ नगर समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा राजेश मारिखू, सचिवमा सञ्जीव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन्। पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना भएको भएको थियो । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका थिए।
पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन्। यसअघि जिल्ला समिति पनि गठन भइसकेको थियो।














