
काठमाडौं । आज (आइतबार) देशका ४३ वटा जिल्लाका खोलारनदीमा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण अधिकांश साना ठुला नदीमा बाढी आउने सम्भावना रहेका करण प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरदर स्थान आसपास आयो मनसुनको रेखा, मंगलबारसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।
यसैगरी आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ। तसर्थ सो क्षेत्र भई बहने साना नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
साउन १४ गते
आज कोशी,नारायणी,कर्णाली,कन्काई,कमला,बागमती,पूर्वीराप्ती,पश्चिमराप्ती,बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल तर बढ्दो रहने;आज नक्सामा उल्लेखित जिल्ला भईबहने केहि स-साना नदीमा #आकस्मिकबाढीको जोखिम रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराखौँ। pic.twitter.com/TaMxuwxZE9— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 30, 2023














