Logo
Logo

नागरिक उन्मुक्ति र सद्भावना पार्टीबीच एकीकरण


1.8k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा आयोजित एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूको सहभागितामा एकीकरण भएको घोषणा गरेका हुन् ।

पार्टी एकीकरण भएपनि आगामी महाधिवेशनसम्म पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ नै रहने संयुक्त विज्ञप्तिमा जनाइएको छ । झण्डा, चुनाव चिन्ह, छाप र विधान समेत महाधिवेशनसम्म नागरिक उन्मुक्ति पार्टीकै प्रयोग गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दैै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको बताए । उनले आफूलाई जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिवन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए । नेता चौधरीले मधेशकिा लागि लड्का आफू साढे ८ वर्षसम्म जेल बस्नुपरेको बताए ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्