Logo
Logo

सुन प्रकरण : पक्राउ परेका १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अनुमति


1.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल सुन बरामद भएपछि उक्त सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न आइतबार उच्च अदालत पाटनले अनुमति दिएको छ । रेडी ट्रेडले हङकङबाट ल्याएको ‘ब्रेक शु’मा झण्डै १०० केजी सुन भन्सार जाँच पास भएर छुटेपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा हालसम्म विभागले १८ जनालाई पक्राउ गरेको हो ।

आइतबारमात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो । यसअघि १० साउनमा नरेश भन्ने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो । उक्त सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पनि विभागले पक्राउ गरेको छ । सुन तस्करीमा उनीहरूको लापर्बाही देखिएको भन्दै विभागले निलम्बन गरेको थियो ।

त्यस्तै, पक्राउ पर्नेमा भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, र चिनियाँ नागरिक लिन जेछियाङ छन् । उनीहरूविरुद्ध विभागले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्