Logo
Logo

बालुवाटारमा ज्ञानेन्द्रको न्यूएयर इभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ पुस । २०६३ जेठ ४ गते बसेको संविधानसभाको पहिलो बैठकबाटै राजतन्त्र अन्त्य भएको घोषणापछि नारायणहिटी दरबारमै पत्रकार सम्मेलन गरेर आफू देश छोडेर नभाग्ने र बाँकी जीवन नेपाली नागरिक भएरै बिताउने प्रतिबद्धता गरेका पूर्वराजा ज्ञानेन्द्रले सन् २०१९ लाई रमाइलोसँग बिदा गर्ने र सन् २०२० लाई स्वागत गर्ने तयारी गरिरहेका छन् ।

फाइल तस्बिर

यस पटकको न्यू इयर इभ आज बेलुकी पूर्वराजा ज्ञानेन्द्रले बालुवाटारस्थित टाइम्स इक्वायर रेष्टुराँमा परिवार र नजिकका साथीभाइसँग मनाउँदैछन् । चिनियाँ दूतावास नजिकै रहेको उक्त रेष्टुराँमा पूर्वराजा ज्ञानेन्द्रले न्यू इयर इभ मनाउने सूचना पाएपछि रेष्टुराँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजगद्दी त्यागेपछि अधिकांश समय धर्मकर्ममा बिताउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाह कात्तिक ३० गते अचानक ठमेलस्थित एलओडी नाइट क्लब पुगेका थिए । बुहारी हिमानी र छोरी प्रेरणासँगै एलओडी नाइट क्लब पुगेका पूर्वराजा ज्ञानेन्द्रले नेपाली राष्ट्रिय गीतमा नाचेर क्लबको माहौल तताएका थिए ।

भोलिपल्ट विभिन्न मिडियाले यस विषयलाई बाहिर ल्याएपछि अनेकौं तर्क बितर्क चल्यो । नागरिक जीवन बिताएका पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा जान नहुने भनेर धेरैले सामाजिक सञ्जालमा पनि आलोचना गरे । नाइट क्लब भन्नासाथ अर्धनग्न नाच नाच्ने ठाउँ भनेर नेपालमा बद्नाम छ ।

त्यसैले होला यस पटकको न्यू इयर इभ आज बेलुकी पूर्वराजा ज्ञानेन्द्रले बालुवाटारस्थित टाइम्स इक्वायर रेष्टुराँमा परिवार र नजिकका साथीभाइसँग मनाउँदैछन् । चिनियाँ दूतावास नजिकै रहेको उक्त रेष्टुराँमा पूर्वराजा ज्ञानेन्द्रले न्यू इयर इभ मनाउने सूचना पाएपछि रेष्टुराँको सुरक्षा व्यवस्था कडा पारिएको छ । केही पूर्व सेनाका अधिकृत र ठेकेदारहरुको लगानी रहेको उक्त रेष्टुराँमा पूर्वराजा ज्ञानेन्द्रले पहिलोपल्ट पाइला टेकेका भने होइनन् । कात्तिक ३० गते शनिबार ठमेलस्थित एलओडी क्लब जानु अगाडि पूर्वराजा ज्ञानेन्द्र उक्त रेष्टुराँ छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्