Logo
Logo

माओवादीको स्थायी कमिटी बैठक बस्दै


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक बस्ने भएको हो ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने छ । यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो ।

सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गर्न लागिएको हो । केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ ।

५ दिनसम्म चल्ने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने छ । त्यस्तै माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ । बैठक लाइभ गर्ने पदाधिकारी बैठकको निर्णयमा धेरै नेताहरूले असन्तुष्ट जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्