Logo
Logo

माओवादीले विचार मिल्नेसँग एकता गर्ने


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी भदौदेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्र्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी गराएका गराएका हुन् ।

उनले भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने बताएका हुन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने उल्लेख छ ।

उक्त अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने माओवादीको योजना रहेको छ ।

साथै, उक्त समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्