Logo
Logo

सर्पकाे टोकाइबाट मकवानपुरमा एक बालिकाको मृत्यु


882
Shares

काठमाडौं । मकवानपुरमा सर्पको डसाइबाट बालिकाको मृत्यु भएको छ। सर्पले डस्दा मकवानपुरको बकैया–७ अधेरीकी १२ वर्षीया करिश्मा लोको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेका बेला सर्पले टोकेको थियो । सर्पको विषले गम्भीर बिरामी परेकी उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्