काठमाडौं । संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबार सुरु भएको छ । आजको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने बताएको छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते (भोलि) अनिवार्य अवकाश हुँदैछन् । कार्की अवकास हुने भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।

संविधानको धारा २८४ को उपधारा ३ अनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिनाअगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एक महिना ढिलाइ भइसक्दासमेत नयाँ प्रधानमन्यायाधीश सिफारिस हुन सकेको छैन । प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा गत मंगलबार संवैधानिक परिषद बैठक बसेको थियो । तर, मंगलबार नियुक्ति सिफारिस हुन नसकेपछि आजका लागि बैठक तय गरिएको थियो ।














