
तनहुँ । तनहुँको देवघाट गाउँपालिका(५ मा कालीगण्डकीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
देवघाट-५ स्थित बेणी संगममा नुहाउने क्रममा शुक्रबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका प्रहरीले जनाएको छ।
त्रिशूली र कालीगण्डकीको संगम स्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बेपत्ता भुसालको खोजी भइरहेको प्रहरीले जनाएको छ।














