काठमाडौं, १६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । अोलीले मोदीलाई बुधबार बिहान फोन गरेर नयाँ वर्षको शुभकामना दिनुका साथै नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको जानकारी अनुसार सन् २०२० मा दुई देशबीचको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरिएको थियो । फोन वार्तामा सीमा वार्ता बारे कुराकानी भए नभएको उल्लेख गरिएको छैन ।













