Logo
Logo

मोदीलाई अ‍ोलीको फोन, नेपाल भ्रमणमा निम्तो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । अ‍ोलीले मोदीलाई बुधबार बिहान फोन गरेर नयाँ वर्षको शुभकामना दिनुका साथै नेपाल भ्रमणको निम्तो दिएका छन् ।


प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको जानकारी अनुसार सन् २०२० मा दुई देशबीचको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरिएको थियो । फोन वार्तामा सीमा वार्ता बारे कुराकानी भए नभएको उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्