Logo
Logo

सफल हुन विषय भन्दा मेहनत महत्वपुर्ण : पूर्व सचिव मैनाली


7.2k
Shares

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले मेहनत गरे मात्रै हरेक क्षेत्रमा सफल हुन सकिने बताएका छन् । काठमाडौंको सुकेधारास्थित न्यु मिलिनियम कलेजमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्व सचिव मैनालीले मानिस सफल हुन विषय भन्दा पनि मेहनत महत्वपुर्ण हुन बताए ।

उनले सबै विषय उत्तिकै राम्रा र महत्वपुर्ण हुने तर विद्यार्थीले कुन विषय भन्दा पनि कति मेहनत गरेर पढ्छ भन्ने कुरा महत्वपुर्ण हुने बताए । भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरी उच्च माध्यामिक तहको शिक्षा अध्ययन तयारीमा रहेका विद्यार्थीलाई सफल व्यक्ति बन्न मार्गनिर्देश गरेका थिए ।

यसै क्रममा उनले भने, ‘महंगो चीजमात्रै राम्रो हुन्छ भन्ने धारणा पछिल्लो पुस्तामा बढी देखिएको छ, जुन गलत हो ।’ त्यसैले उनले अभिभावकसँग बढी खर्चका लागि जिद्द नगर्न विद्यार्थीलाई आह्रवान गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा कलेजका अध्यक्ष मैनालीले आफ्नो अनुभव सुनाउँदै भने – हाम्रो पालाको एसएलसी साह्रै गाह्रो थियो अनि महत्व पनि थियो, त्यसैले एसएलसीलाई ‘आइरनगेट’ भन्ने गरिन्थ्यो । तर अहिले एसईई सहज भएको छ, महत्व पनि घटेको छ । यस्तै उनले पछिल्लो समय विद्यार्थीमा पढ्ने बानीमा कमी आएको प्रतिपनि चिन्ता व्यक्त गरे । मेहनतले मात्रै जुनसुकै क्षेत्रमा सफल हुन सकिने उनको तर्क छ ।

यस्तै कलेजका प्रमुख हरेराम शर्मा फुँयालले विद्यार्थीको लागि यो समय अति महत्वपुर्ण भएको बताए । उनले अबको २ वर्षमा विद्यार्थीले समयको सदुपयोग गर्न सके सुन्दर भविष्य निर्माण हुने हुनाले लगनका साथ अध्ययन गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्