Logo
Logo

पार्टीमा उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने भएको छ : वर्षमान पुन


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा उत्तराधिरी तयार पार्ने विधिको खोजी गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारण राख्दै उनले अध्यक्ष प्रचण्डको विकल्प नखोजिए पनि उत्ताराधिकारी तयार पर्ने विधिको खोजी गर्नुपर्ने बताएका छन् ।

उपमहासचिव पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको समेत बताए । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै पुनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले खोजेको छैन । तर, उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने भएको छ ।’ उनले अहिले माओवादीमा देखिएको समस्या विचारको नभई विधिको भएको धारणा राखेका थिए ।

उपमहासचिव पुनले पार्टी संगठनमा पाका, प्रौढ र युवा नीति लागू गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले पाटपर्् पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको बताउँदै वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए ।

साथै, उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताउँदै भने, ‘भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान सावित हुनेछ ।’

उपमहासचिव पुनले स्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा रोक्न नहुने बताउँदै भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ । कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन ।’ उनले सुन तस्करी प्रकरणमा छानबिन गर्दा पार्टीकै कोही नेता परेपनि सजाय भोग्न तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्