Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन संवाद


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

शनिबार भएको टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

टेलिफोन कुराकानीले नेपाल–भारतबीचको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको भारतको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्