काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादविवाद र संवादमा केन्द्रीय समिति बैठक टुंगिने बताएका छन् । शनिबार बैठकबाट बाहिरिन क्रममा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लोकतन्त्र वा जनवाद जे भनेपनि ठूलो अभ्यास भएको भन्दै पार्टी एकढिक्का भएको महसुस भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने ‘यो बैठकपछि पार्टी एकढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ । वादविवाद र संवादमा यो बैठक टुंगिदैछ ।’
यस्तै, माओवादी नेता रेखा शर्माले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम करिब सकिएको बताइन् । उनले भनिन्, ‘नेताहरूले बोल्नेक्रम लगभग सकियो ।’ उनले शनिबार ७४ नेताले बोलेकोृ बताउँदै भनिन्, ‘धेरैजसो नेताले मूलभूत रूपमा पार्टी अध्यक्षको डकुमेन्टको मूल स्प्रिटमा सहमति जनाउनुभएको छ ।’ उनले अब सबै नेता कार्यकर्ता पार्टी निर्माणको महाअभियानमा जानुपर्ने र त्यसरी जाँदा ठोस र मूर्त कार्ययोजना लिएर जानुपर्ने नेताहरुको मत बलियो रहेको बताइन् ।














