Logo
Logo

झलनाथको दस्तावेज- नेकपा एस दक्षिणपन्थी र माओवादीको पुच्छर भयो (पूर्णपाठ)


2.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनात खनालले नेकपा एस दक्षिणपन्थी र माओवादीको पुच्छर भएको टिप्पाणी गरेका छन् ।

जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज पेश गर्दै उनले पार्टी स्वतन्त्र पहिचान बनाउन असफल भएको र माओवादी केन्द्रको पिछलग्गु बनेका टिप्पणी गरेका हुन् । ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो,’ उनले ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ नामक दस्ताबेजमा उल्लखे गरेका छन् ।

नेता खनालले स्थानीय निर्वाचनबाट आम निर्वाचनमा आइपुग्दा ५० प्रतिशत जनमत घट्नु दुखद भएको बताएका छन् । उनले भनेका छन्, ‘स्थानीय चुनावमा मात्र हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख मात्र पनि नघाउन सकेन । केहि महिना भित्र मै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन ?’ एसले सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकेको पनि नेता खनालले उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टी र एमालेका सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ ? देखाउन सकिएको छैन । हाम्रो पार्टीमा पनि जबज कै धङधङी छ र एमालेमा पनि जबज कै धङधङी छ,’ उनले भनेका छन्, ‘त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ । किन यस्तो भईरहेको छ ? हामी भित्र कहाँ कमजोरी छ ? कुन कमजोरीका कारणले यस्तो भईरहेको छ ? हामीले यी सम्पुर्ण कमि कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्