Logo
Logo

विवादास्पद छविका ल्यारक्याललाई लुम्बिनी बिकास कोषको चाबी


1.1k
Shares

काठमाडौं । विवादास्पद छविका पूर्वसांसद ल्हारक्याल लामा लुम्बिनी बिकास कोषको उपाध्यक्ष नियुक्त भएपछि उनको चौतर्फी आलोचना भएको छ ।

वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद लामालाई सरकारले कोषको उपाध्यक्ष नियुक्त गरेपछि उनको चौतर्फी आलोचना भएको हो ।

माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नियुक्तिपत्र बुझिसकेका छन् । उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए ।

नियुक्तिलगत्तै उनले आफुलाई सुरक्षा थ्रेट रहेको भन्दै रेकर्ड नहुने र अरूलाई फोन गर्दा नम्बर नदेखिने मोबाइल नम्बर मागेपछि उनको विवादित पृष्ठभूमि बाहिर आएको थियो । त्यसपछि दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यतिखेर उनले नेपालबाट दुईवटा नागरकिता, भारतबाट रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थीको परचियपत्र लिएको आशंकामा छानबिन सुरु भएको थियो । नेपाल प्रहरीको महानिरीक्षक मातहत रहने गोप्य संरचना इन्टेलिजेन्स ब्युरोले उनका दैनिक गतिविधिबारे अनुसन्धान गरेको थियो ।

गृह मन्त्रालयको निर्देशनमा गरिएको उक्त अनुसन्धानको प्रतिवेदनमा स्वतन्त्र तिब्बत अभियानका नेता तथा बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रचिर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्