
काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । आज सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।
त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए । उनले सरकारले मात्रै छानविन गरेर सम्भव नभएको भन्दै उच्च स्तरिय छानविन समिती गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताए ।
रावलले उच्चास्तरिय छानविन समिति गठन नभएसम्म संसद निरन्तर रुपमा अवरुद्व रहने बताए । त्यसपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक सुचारु गर्न पटकपटक आग्रह गरेपनि एमालेका सांसदहरुले उठेर अवरुद्ध गरेपछि बैठक बुधबारसम्मलाई स्थगित गरिएको हो ।
सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्व पार्दै आएको छ ।














