
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
गएराति काभ्रे स्थायी घर भई मकवानपुरको खानीखोला बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।
सञ्चमायालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै अरु ६ जना वेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी छ । यो काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।














