Logo
Logo

जनमतकी अनितादेवीको शपथ आज


1.3k
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुँदैछ । जसअनुसार जनमतका तर्फबाट मन्त्री बन्न लागेका अनितादेवी साहले आज पद तनथा गोपनीयताको शपथ लिँदैछन् ।

राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ । अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाएका छन् ।

अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरेको थियो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो ।

जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए । जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो ।

दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्