
काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
राजदूत थम्पसन र अध्यक्ष ओलीबीच आज बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो । थम्पसन र ओलीबीच दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।














