Logo
Logo

सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५-५ ओभरको खेलाउने निर्णय गरेका थिए ।

The current image has no alternative text. The file name is: biratnager.jpg

जसअनुसार साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो ।

तर, उक्त छलफलबाट कुनै निष्कर्ष निस्किएन । त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले मैदान छाडेका छन् । उनीसँगै सुदूरपश्चिमका अन्य खेलाडी पनि मैदानबाट बाहिरिएका छन् । अहिले सुदूरपश्चिमका विनोद भण्डारी मात्रै मैदानमा देखिएका छन् । विराटगरका भने सबैजना मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्