Logo
Logo

सिंहदरबारमा सर्वदलीय बैठक जारी


441
Shares

काठमाडौं । सिंहदरवारमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नतोको बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे छलफल भइरहेको जनाइएको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

उक्त समितिले मंगलबार मस्यौदाको ड्राफ्ट तयार गरिसकेका छन् । मस्यौता मंगलबार नै बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि बैठक विपषयवस्तुमा प्रवेश नै नगरी स्थगन भएको थियो ।

उक्त मस्यौदा आजको जारी बैठकमा पेस गर्ने तयारी छ । बैठकमा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाएत शीर्ष नेताहरुको उपस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्