Logo
Logo

सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन : देउवा


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुईमत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’

यस्तै, परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको भन्दै सभापति देउवाले कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको उल्लेख गरेका छन् ।

धरानको पछिल्लो संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुनुपर्ने देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्