Logo
Logo

डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु


29.1k
Shares

डोटी । डिउटीमा रहेको अवस्थामा बेहोस भएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।

डोटीको दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का मंगलबार बेहोस अवस्थामा भेटिएका थिए । उनको उपचारका लागी शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो । अस्पताल पुगे लगत्तै मृत घोषणा गरिएको थियो ।

विगत लामो समय देखी डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए । मृतक खड्का दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काका सहोदर भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्